नवलपरासीका किसान चैते धान रोप्न व्यस्त | Khabarhub Khabarhub

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन्  । दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।

मकै भन्दा धान राम्रो उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताए ।

‘जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका–१०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका–२ र ३,  विनयी त्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ’, उनले भने ।

कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बीउ, यान्त्रिकीकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको प्रमुख तिवारीले जानकारी दिए ।

चैते धान प्रवर्द्धनका लागि चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत एक करोड १० लाख बजेट विनियोजन गरी कार्यक्रम गरिएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : २४ बजे

संघीयताविरुद्ध षड्यन्त्र हुँदै छ : प्रचण्ड 

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उस्तै

मोदीको असफल छिमेक नीति : ‘नेबरहुड फर्स्ट’ देखि ‘लस्ट’ सम्म

काठमाडौं– घटना सन् २०१४ मे २६ सोमबारको हो । भारतको

मखन-इन्द्रचोकको बाटो नबन्दा यात्रुलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको मखनदेखि इन्द्रचोक जाने बाटोमा पैदल यात्रुलाई हिँड्न समस्या

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

काठमाडौं– सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था  चिन्ताजनक रहेको विश्व