मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा « Khabarhub

मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको सुरक्षा बलियो बनाउनका लागि लागि दुई अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका छन्।

दुई देशबीच एक दिन अघि भएको २.८ अर्ब अमेरिकी डलर ऋणको सम्झौता भए लगत्तै उनले सहयोगको घोषणा गरेका हुन्।

अहिलेको यो सहयोग पाँच हजार एयर डिफेन्स मिसाइल खरिदका लागि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लन्डनमा युक्रेनलाई जोगाउने लक्ष्यसहित भेला भएका युरोपेली देशको सम्मेलनको क्रममा उनले सो कुरा बताएका हुन्।

युक्रेनलाई कम सहयोग गरेर रुसलाई आक्रमणको मौका दिन नहुनेमा जोड दिँदै उनले विगतको गल्तीलाई महसुस गरेको बताए।

उनले शान्तिका लागि हुने प्रयासमा अमेरिकालाई पहिलो समावेश गर्ने र रुसलाई पनि समावेश गर्ने योजना भएको दाबी गरे। रुसको कुनै शर्त मान्न भने तयार नहुने स्टेइमरले प्रष्ट पारेका छन्।

युक्रेन बचाउन भएको सो सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्विडेन, टर्की, नर्वे, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, रोमानिया, फिनल्यान्ड, इटाली र स्पेनको सहभागिता थियो। सो सम्मेलनमा उत्तर अमेरिकी देश क्यानडा पनि उपस्थित थियो।

सो सम्मेलनलाई नाटोका महासचिव मार्क रुटले सम्बोधन गरेका थिए।

छलफलमा सहभागी युरोपेली नेता । गेट्टी इमेज

यो पनि

युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने

बेलायतबाट युक्रेनले पायो २.८ अर्ब अमेरिकी डलर

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव

ह्वाइट हाउसभित्र विश्वलाई तरंगित बनाउने चर्काचर्की (संवादसहित)

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : २५ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका