यौन हिंसाको फरक पाटो : बालकको विषयमा कानून बोल्नु पर्दैन ? | Khabarhub Khabarhub

यौन हिंसाको फरक पाटो : बालकको विषयमा कानून बोल्नु पर्दैन ?



सुदर्शन परियार (नाम परिवर्तन) लाई ११ वर्षको उमेरदेखि नै आफ्नै काकाले यौन हिंसा गर्थे। काकाले चकलेट दिने, कहिले बाहिर डुलाउन लैजाने र मिठो-मिठो खाजा खुवाउने गर्थे। काका भतिजको सम्बन्ध प्राय सबैको निकट हुन्छ। काका अभिभावक पनि र साथी पनि बन्न सक्छन्।

काका सुदर्शनसँग यौनका विषयमा कुरा गर्थे। उनलाई पोर्न हेर्न उक्साउँथे। काकाले हेरेर रमाइलो हुने कुरा गर्थे। तर सुदर्शनलाई काकाको ती व्यवहार मन परिरहेको थिएन। विरोध गर्ने विषय हो वा होइन, उनले छुट्याउन सकिरहेका थिएनन्। नाबालक नै भए पनि उनलाई उक्त भिडियो राम्रो लागिरहेको थिएन।

त्यस विषयमा कसैसँग कुरा गर्न सकेनन्। त्यसै मौनताको फाइदा उठाउँदै काकाले उनीसँग नजिक हुने विभिन्न बहाना बनाइराख्थे। भिडियो देखाउँदै उनी भिडियोमा गरेजस्तै गर्थे। जे गर्थे उनलाई गलत लागिरहेको थियो। तर काकाले रमाइलो गर्नु गलत होइन भनेर सम्झाउने गर्थे। फेरि परिवारमा कसैलाई शेयर नगर्न दबाब दिन्थे।

पटक पटक उनले काकालाई यस्तो नगर्न भने। उक्त कार्यले आफूलाई पीडा भएको सुनाए। तर काकाले सुरुसुरुमा मात्रै अप्ठेरो हुने पछि रमाइलो हुँदै जाने भनेर सम्झाए। काका कुनै हालतमा नरोकिने छाँटकाँट देखेपछि उनी चिन्तामा डुबे।

पटक पटक उनले काकालाई यस्तो नगर्न भने। उक्त कार्यले आफूलाई पीडा भएको सुनाए। तर काकाले सुरुसुरुमा मात्रै अप्ठेरो हुने पछि रमाइलो हुँदै जाने भनेर सम्झाए। काका कुनै हालतमा नरोकिने छाँटकाँट देखेपछि उनी चिन्तामा डुबे। सधैँ यस्तै हुने हो कि ? जिन्दगी नै यसरी बिताउनु पर्ने त हैन ? यस्तै सवालजवाफ सुदर्शनको अन्तरमनमा खेल्न थाल्यो।

आफूले धेरै माया गरेको काकाबाट भएको दुर्व्यवहारले उनको पुरै बाल्यकाल निल्यो। पढाइबाट ध्यान हट्यो। साथीभाइसँग खेल्न र कुद्न छोडे। परिवारसँग बोल्न कम हुँदै गयो। पढ्ने, खेल्ने र आफ्नो भविष्य स्वर्णिम बनाउनतिर लाग्ने उमेरमा उनी शारीरिक र मानसिक कष्टबाट गुज्रिरहेका थिए। हाँस्दै गरेको बालापनबाट हाँसो हरायो। कसलाई सुनाउनु ? कसले संरक्षण गर्न सक्छ ? काकालाई यो अपराध हो भनेर सम्झाउन कसले सक्छ ? उनी बाटो खोजिरहेका थिए। त्यसैमा उनलाई एक आफन्त दाइ राहुल परियारको याद आयो।

राहुल मानव अधिकारको बारेमा चासो राख्थे। त्यस्तो विषय पढिराख्ने र बोलिराख्ने गर्थे। उनले राहुललाई आफ्नो काकाले गरेको दुव्र्यवहारको बारेमा सुनाए। राहुल बालक हिंसामा परेको धेरै घटनाबारे जानकार थिए। तर अर्काको घटना सुन्नु र आफ्नै परिवार घट्नु निकै फरक हुने उनले महसुस गरे।

दुर्व्यवहार भोग्ने र गर्ने दुवै आफ्नै आफन्तभित्रका थिए। तर उनी न्यायको पक्षमा थिए। भाइ सुदर्शनले न्याय पाउनुपर्ने विषयमा उनले आवाज उठाए। तर कसैले पनि काकाले अपराध गर्न सक्छ भनेर विश्वास गरेनन्। पहिलो कुरा त केटोले केटालाई नै यौन हिंसा गर्न सक्छ भनेर विश्वास गरेनन्।

दुर्व्यवहार भोग्ने र गर्ने दुवै आफ्नै आफन्तभित्रका थिए। भाइ सुदर्शनले न्याय पाउनुपर्ने विषयमा दाजुले आवाज उठाए। तर कसैले पनि काका त्यसमाथि केटोले केटालाई नै यौन हिंसा गर्न सक्छ भनेर विश्वास गरेनन्।

काका निकै मिजासिला र भलादमी थिए। सबैजनासँग हाँसेर बोल्ने। परिवार र आफन्तमा सबैसँग घुलमिल गर्थे। त्यस्तो मान्छेले कुकर्म गर्लान् भनेर सोच्न पनि नसकिने पात्र थिए। परिवारको अगाडि काकाले त्यस्तो नगरेको बताए। अब भतिजालाई माया पनि गर्न नहुने ? उनले उल्टै प्रश्न तेर्साए।

मायाले छोएको हो, अब भतिजलाई छुनै पनि नहुने ? घुमाउन लैजान नहुने ? खानेकुरा किनिदिएर खुवाउनै नहुने ? यौन हिंसालाई काकाले माया भनेर परिभाषित गरिदिए।

दुई पक्षबीच बाझाबाझ भए पनि घटना गुपचुप राख्ने निर्णयमा पुग्यो। पीडितकै आमाबुवाले कुकर्म कसैलाई थाहा नदिने पक्षमा गए। राहुलले जति सम्झाए पनि आमाबुवाले परिवारको इज्जत जाने भन्दै प्रहरीकोमा उजुरी दिन मानेनन्।

घटना सार्वजनिक गर्दा उल्टै पीडितको इज्जत जाने रहेछ भन्ने कुरा आयो। न्याय भन्दा इज्जत ठूलो भयो। तर त्यो गल्ती नभएर अपराध थियो। क्षमायाचना गल्तीमा हुन्छ, अपराधको सजाय हुन्छ भन्ने कुरा परिवारले बुझेन। पीडितलाई हुने जिन्दगीभरको घाउको बारेमा कसैले सोचेन।

घटना एकपटकको नै किन नहोस् तर त्यसले पीडितलाई जीवनभर चोट दिन्छ। फेरि अरुले पनि यस्तै गरे के गर्ने ? चुप लागेर बस्ने ? अझ फेरि उसैले नै दोहोर्याएर हिंसा गरे के गर्ने ? यावत कुराहरु मनमा आउँछ। उसले आफूलाई कहिले संयमित गर्न सक्दैन। भोलिको बारेमा नसोची घटना चुप गराइयो।

घटना सामसुम होला, पीडितको मनस्थिति चुप हुन सक्छ ? मान्छे ब्याट्री वा इन्धनले चल्ने हो र ? जो उसलाई चुप लगाउन सकिन्छ। भावना कसरी चुप बस्न सक्छ ? यसको जवाफ खोज्नतिर कोही लागेनन्।

घटना सामसुम होला, पीडितको मनस्थिति चुप हुन सक्छ ? मान्छे ब्याट्री वा इन्धनले चल्ने हो र ? जो उसलाई चुप लगाउन सकिन्छ। भावना कसरी चुप बस्न सक्छ ? यसको जवाफ खोज्नतिर कोही लागेनन्।

अन्तत : काकाले अपराध स्वीकारे। तर आइन्दा त्यस्तो नगर्न भन्दै सम्झाइयो र माफी माग्न लगाएर छोडियो। बालकको थेरापीको खर्च भर्न लगाएर उन्मुक्ति दिइयो। कल्पना गर्नुस् त तपाईंको ११ वर्षको बच्चाले यौन हिंसा भोगिरहेको छ भने के हुन्छ ? अझ तपाइँले थाहै नपाइ बच्चाले कुकर्म भोगिरहेको छ भने के होला ? उक्त पीडा हामी अनुमान गर्न सक्छौ ? राहुलले प्रश्न गरे।

विगत २६ वर्षदेखि जोखिममा परेका बालबालिकाका लागि काम गर्दै आएको संस्था ‘साथसाथ’ अर्थात् ‘टुगेर विथ चिल्ड्रेन’ ले राजधानीमा अन्तरसंवाद गरेको थियो। जसमा राहुलले आफ्नै आफन्त भाइमाथि भएको यौन दुव्र्यवहारको घटना सुनाउँदै उपस्थित सबैमा आक्रोस पोखेका थिए।

कार्यक्रममा सांसद्, मानवअधिकारकर्मी, कानुनका ज्ञाता लगायत बालबालिकाको लागि काम गर्ने सरोकारवालाको उपस्थिति थियो। जहाँ बालिका मात्रै नभएर बालक पनि हिंसामा पर्छन् भन्ने विषयको उजागर गरिएको थियो।

अधिवक्ता विनु लामा ।

अधिवक्ता विनु लामा प्रत्येक ११ जनामा एक बालक यौन हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको बताउँछिन्। उनी भन्छिन्, ‘प्रत्येक ८ बालिकामा एक यौन हिंसामा पर्छन्। त्यसैगरी प्रत्येक एघार जनामा एक बालक यौन हिंसामा परेका छन्। बालक र बालिकामाथि हुने यौन हिंसाको फरक त्यति धेरै छैन। तर बालबालिकासम्बन्धी ऐन २०७५ ले बालकको मुद्दा बेवास्ता गरेको छ।’

‘बालबालिका भने पनि बालकलाई बेवास्ता गरिएको छ। हिंसामा परेका बालिका राख्ने सेल्टर छन्। तर बालकको लागि एक पनि सेल्टर नभएको भन्दै लामाले बालबालिकामाथि हुने यौन हिंसा र दुर्व्यवहार विरुद्ध विद्यमान् कानुन संशोधन गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा पीडितको आवाज सुनिसकेपछि प्रतिनिधिसभा सदस्य नेकपा (एमाले) नेता शोभा ज्ञवालीले बालकलाई पनि सम्बोधन गर्ने कानुन निमार्णमा आफू जुट्ने प्रतिबद्धता जनाएकी छन्। उनले भनिन्, ‘बालबालिकासम्बन्धी हामीसँग भएको विद्यमान कानुन तात्कालीन समयको लागि उपयुक्त थियो। त्यतिबेला बालिका अत्यधिक यौन हिंसामा पर्थे। जसको कारण मुख्यतः छोरीको संरक्षणको लागि कानुन बनेको थियो। तर अहिले बालक पनि उत्तिकै यौन हिंसामा परेको घटना यसरी सुन्नुपर्दा कानुन संशोधनमा बालकलाई पनि बालिकालाई जत्तिकै प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।’ उनले बालबालिकासम्बन्धी कानुन ड्राफ्टमा रहेको र यो परिस्थिति अनुसार संशोधन हुने बताइन् ।

त्यसैगरी अर्का प्रतिनिधिसभा सदस्य नेकपा माओवादीका नेता पार्वती थापाले पनि बालबालिकाको कानुन बनाउँदा बालकलाई ओझेलमा पारिएको स्वीकारिन। उनले भनिन्, ‘यौन हिंसामा बालिका मात्रै पर्छन् भन्नेमा छौँ। कानून बनाउँदा हामीले बालिकालाई प्राथमिकता दिइरहँदा बालक अन्यायमा परेको गम्भीर विषयमा ध्यान दिएनौँ।’

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ ले बालबालिकामाथि हुने हिंसा र यौन दुर्व्यवहारलाई कसुरका रुपमा परिभाषित गरेको छ। उपदफा ३ का अनुसार यौन आचरण वा अश्लिलता देखाउने, यौनका लागि फकाउने र दबाब दिने, संवेदशील अंगमा छुने वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गरेमा ७५ हजार जरिवाना र ३ वर्ष कैद हुनेछ।

त्यसैगरी बाल यौन शोषण गर्ने वा गराउनेलाई जबर्जस्ती करणीको कसुरदारलाई हुने सजाय सरह हुनेछ। यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गरेमा १ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ वर्ष कैद हुनेछ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : २२ बजे

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको