‘सरकारले काम गर्दैछ भन्ने सन्देश एमालेका जनसंगठनले तलसम्म लानुपर्छ’ | Khabarhub Khabarhub

‘सरकारले काम गर्दैछ भन्ने सन्देश एमालेका जनसंगठनले तलसम्म लानुपर्छ’


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनलाई विवादरहित बनाउनु पर्ने बताएका छन् ।

एमाले जनसंगठन संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘वैशाखसम्म जनसंगठनका अधिवेशन गर्ने भनेर तयारी भएको छ, अधिवेशन जति समझदारीका साथ, एकताका साथ निर्विवाद गर्न सकियो स्वाभाविक रूपमा त्यसले काममा सहजता प्राप्त हुन्छ, त्यस बारेमा अहिलेदेखि नै सोच्नु पर्छ’, उनले भने ।

यसबारे जनसंगठन संयन्त्रका प्रमुख, जनसंगठनका इन्चार्जहरू र संगठनका अध्यक्षहरूलाई गम्भीर हुन महासचिव पोखरेलले आग्रह गरे।

‘सुरुदेखि नै मिहिनेत गर्‍यो भने त्यो गर्न सकिन्छ, पछि एकैचोटी गर्दा नमिल्न सक्छ, छलफल गर्दै जाँदा सबै विषय टुङ्गिन्छन्, वातावरण बनायो भने चुनाव नै गराउनु पर्ने स्थिति नबन्न सक्दछ, म बलियो छु भन्ने बुझाइले चुनाव हुने त हो नि’, पोखरेलले भने ।

पोखरेलले एमालेका जनसंगठनहरुको अधिवेशन सन्देशमूलक हुनुपर्नेमा जोड दिए । ‘नवीन सोच र योजनाहरू अधिवेशनबाट सार्वजनिक हुनु पर्दछ, हाम्रो ध्यान बढी निर्वाचनमा केन्द्रित भएको छ, फरक ढङ्गले अघि बढ्ने कुरा महाधिवेशनमा हुनुपर्दछ’, उनले थपे ।

जनसंगठनलाई आधारभूत तहसम्म स्थापित गर्न पार्टीले जनकेन्द्रित अभियान सञ्चालन गरेको पोखरेलले बताए । ‘जनसंगठनको विस्तार र विकासको लागि यो अभियान महत्त्वपूर्ण छ, त्यसैले यो अभियानलाई जनसंगठनले महत्त्व दिनु पर्दछ’, पोखरेलले भने। 

अहिले राज्य शासकीय सुधारको पक्षमा केन्द्रित भएको उनले बताए । यसरी शासकीय सुधारको विषयमा केन्द्रित भएर नेपालमा यस अघि कहिल्यै छलफल नभएको उनले बताए । ‘हामी राजनीतिक रूपमा शासकीय स्वरूप सुधारको पक्षमा केन्द्रित भएका छौँ’, उनले भने ।

नेपालमा अहिलेसम्म बनेका कानुनहरू नियन्त्रणमुखी भएका बताउँदै पोखरेलले त्यसलाई सुधार गरी सेवाप्रवाहमैत्री र सुशासनमैत्री बनाउने काम सुरु भएको पोखरेलले बताए ।

सेवा प्रवाहलाई कसरी चुस्त दुरुस्त बनाउने र सुशासनयुक्त बनाउने भन्ने विषयलाई लिएर प्रशासनिक पुनर्संरचनाबारे छलफल सुरु भएको उनले बताए । कतिपय असान्दर्भिक कानुनसमेत अहिले जीवित नै रहेको पोखरेलले बताएका छन् ।

सरकारले केही गर्दै छ भन्ने कुरा नागरिकमा पुर्‍याउन सके नागरिकमा सकारात्मक धारणा विकास गर्न सक्ने उनले बताए । नकारात्मक कुरा गरेर मात्र समाज अघि बढ्न सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पोखरेलले स्पष्ट पारे ।

अहिले सकारका काम सञ्चालनका लागि सहजीकरण गर्न दुई दलीय संयन्त्र बनेको बताउँदै उनले पालिका तहसम्म त्यो संयन्त्र बन्दा सकारात्मक सन्देश प्रवाह भएको बताए । यसले देशका प्रमुख दुई दल मिलेर राज्य सञ्चालन गरेको सन्देश दिएको पोखरेलको भनाइ छ । 

एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनका इन्चार्जहरू, जनसंगठनका अध्यक्षहरू, पदाधिकारी लगायत सहभागी थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ३० बजे

१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम – पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य

स्ववियु निर्वाचन: पाल्पाका चार क्याम्पसमा १३ सङ्गठन दर्ता

पाल्पा – आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी

केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी

केपी ओली कप फुटबलमा मछिन्द्रको ह्याट्रिक

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल

गायकले ढकालले खोले ‘दिनेश ढकाल एन्ड डोको नाम्लो’ ब्यान्ड

काठमाडौं – ‘कालो केशमा रेलीमै’ गीतका गायक दिनेश ढकालले आफ्नो