एनआरएनएको एकता महाधिवेशन गराउन परराष्ट्रले तोक्यो सरकारी प्रतिनिधि (पत्रसहित) « Khabarhub

एनआरएनएको एकता महाधिवेशन गराउन परराष्ट्रले तोक्यो सरकारी प्रतिनिधि (पत्रसहित)


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ ।

सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयको पत्राचारका आधारमा परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सहसचिव अरुणा जोशीलाई प्रतिनिधि तोकेको हो ।

यसलाई एनआरएनएको एकता महाधिवेशन गराउन सरकारको साथ र समर्थनको रुपमा ब्याख्या गरिएको छ ।

‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट नेपाल न्याय सेवा, कानुन समूहका सहसचिव अरुणा जोशीको नाम सिफारिस भई आएको हुँदा उच्चस्तरीय समितिको काममा सहजीकरण गर्न जोशीलाई तोकिएको ब्यहोरा यस मन्त्रालयको मिति २०८१।११।१८ को निर्णयानुसार अनुरोध छ’, परराष्ट्रले एनआरएनए सचिवालय र उच्चस्तरीय समितिका संयोजक घलेलाई पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा सर्वोच्चको आदेशानुसार समितिलाई सहयोग गर्न सरोकारवाला सबैलाई निर्देशन पनि दिइएको छ । एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते सर्वोच्चले शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न परमादेश दिएको थियो ।

उक्त परमादेशको निर्णय खण्डको बुँदा नम्बर ६ मा ‘संघ सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी तोकिएको समयमा अधिवेशन सम्पन्न गर्ने सुनिश्चितताका लागि समितिको काममा सहजीकरण गर्न नेपाल सरकारले नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृतलाई तोक्ने’ उल्लेख थियो ।

यसका लागि गत आइतबार सर्वोच्चको फैसला निर्देशनालयले परराष्ट्रलाई पत्र पठाएर आवश्यक व्यवस्था मिलाइदिन निर्देशन दिएको थियो ।

आइतबारको पत्रमा उच्चस्तरीय समितिलाई संघको कार्यालय बुझाउन समेत केसी पक्ष लाई निर्देशन भनिएको थियो ।

निर्देशनालयले उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको हो ।

उच्चस्तरीय समितिका संयोजक पूर्वअध्यक्ष शेष घले भएपनि संघको बालुवाटारस्थित सचिवालयबाट बद्री केसी समूहले जवरजस्ति कामकारबाही गर्दै आएका छन् ।

एकता महाधिवेशन गराउने जिम्मा अदालतले दिए पनि घलेले हालसम्म संघमा बसेर काम गरेका छैनन् । अब समितिले केन्द्रीय कार्यालयबाटै काम गर्ने जनाएको छ ।

सदस्यता नवीकरणदेखि एनसीसीको अधिवेशन गराउनका लागि आवश्यक कार्यलाई तीव्रता दिएको उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले जानकारी दिए ।

उच्चस्तरीय समितिले आगामी ३-५ मे, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन आयोजना गर्न मिति तोकिसकेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ४९ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका