काठमाडौंमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग आग्रह « Khabarhub

काठमाडौंमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग आग्रह


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपछी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गरेका छन् । 

नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । 

मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्दे आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताए । 

भेटवार्तामा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाको अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्त्व दिएको उल्लेख गर्दै उनले नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दै जानुपर्नेमा जोड दिए ।

नेपालको  चिया र हर्बल उत्पादनको जापान राम्रो बजार हुन सक्ने भएकाले यसको  निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुको भनाइ थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ५७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच