सडक विभागकै सामुन्ने लथालिङ्ग फुटपाथ, छैन पैदल यात्रीलाई ठाउँ (तस्बिरहरू) « Khabarhub

सडक विभागकै सामुन्ने लथालिङ्ग फुटपाथ, छैन पैदल यात्रीलाई ठाउँ (तस्बिरहरू)


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको बबरमहल क्षेत्रको फुटपाथ अस्तव्यस्त बनाइएको छ। बिजुलीका तार भूमिगत गर्न र फुटपाथ विस्तारका नाममा भत्काएर अलपत्र छाडिएपछि पैदल यात्रीलाई हिँड्ने ठाउँ पनि छैन ।

काठमाडौंको मुख्य सडकखण्डमध्ये एक बबरमहलको फुटपाथ सुधारका नाममा अस्तव्यस्त बनाएर छाडिएको छ।

पैदलयात्रीलाई सहजरुपमा हिँड्ने सुविधाका लागि बनाउन सुरू गरिएको यो योजना निर्माणका क्रममा रोकिएपछि झन् जोखिमपूर्ण भएको छ। अहिले पैदल यात्रु झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन् ।

सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्काएको हो । निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
अदालत, जिल्ला प्रशासन कार्यालयसहित रहेको बबरमहल क्षेत्र मानिसको अत्यधिक चाप हुने क्षेत्र हो । यो खण्ड सिंहदरबारनजिकै पर्छ । जहाँ नीति-निर्मातादेखि उच्चपदस्थ अधिकारीहरूको नियमित आवतजावत भइरहन्छ ।

अहिले फुटपाथ प्रयोग गर्नै गाह्रो भएको छ। आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाटै हिँड्न बाध्य भएका छन् ।

बबरमहलमै सडक विभागको केन्द्रीय कार्यालय पनि छ । जहाँबाट सडक मर्मत तथा निर्माणको योजना अघि बढाइन्छ । तर, आफ्नै चोकको हालत दयनीय हुँदा पनि विभागको कान ठाडा भएका छैनन् ।

यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन् । पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारणसहित कानुनी क्षेत्रका पेशाकर्मी पनि सास्ती खेपिरहेका छन्।

नेपाल विद्युत् प्राधिकरणले अहिले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याइरहेको छ । प्राधिकरणले नै भूमिगत तारका लागि ड्रिलिङ गर्दा मेलम्ची खानेपानीको पाइप फुटेर झनै अस्तव्यस्त भएको थियो । यहाँ भूमिगत प्रसारण लाइनको काम नसकिएसम्म फुटपाथ पनि बन्ने अवस्था छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : ०७ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल