एमालेको राजनीतिमा फर्किन तयार पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र महासचिव पोखरेल एकै मञ्चमा « Khabarhub

एमालेको राजनीतिमा फर्किन तयार पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र महासचिव पोखरेल एकै मञ्चमा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको राजनीतिमा फर्किने कोसिस गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै देखिइन्।

कार्यक्रम थियो, ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण समारोह । राष्ट्रियसभा गृह भृकुटीमण्डपमा आयोजित पुस्तक विमोचन समारोहको मञ्चमा भण्डारीसँगै प्रधामन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति भण्डारी र एमाले महासचिव शंकर पोखरेल पनि देखिए ।

यो पुस्तक आइतबार मात्रै एमाले प्रचार विभागको सचिवमा मनोनित भएका पत्रकार गणेश पाण्डेले सम्पादन गरेका हुन् । एमालेको जनसंगठनका रुपमा रहेको प्रेस चौतारीको भावी अध्यक्षको दौडमा रहेका पाण्डे एमाले प्रचार विभागमा गएसँगै अन्य प्रतिस्पर्धीलाई सहज भएको हिसाब हुन थालेको छ ।

एमालेको भ्रातृसंगठन प्रेस चौतरीको महाधिवेशमा आगामी चैत १० गतेदेखि विराटनगरमा हुँदैछ । उक्त महाधिवेशनमा नयाँ नेतृत्वका लागि पाण्डेसहित, अर्का उपाध्यक्ष राजेश राई, समाजवादी प्रेस संगठनबाट फर्किएका विश्वमणि सुवेदीसहित छन् ।

एमालेका केही नेताले श्रीधर आचार्यको समेत नाम चर्चामा ल्याएका छन् । उता वर्तमान अध्यक्ष गणेश बस्नेत आफैं पनि ओलीलाई रिझाएर फेरि सर्वसम्मत अध्यक्ष हुन खोजिरहेका छन् ।

पुस्तक विमोचन समारोहमा ओली, भण्डारी र पोखरेललाई एकैठाउँमा ल्याएर एमालेभित्र एकताको सन्देश पनि दिन खोजिएको छ ।

पछिल्लो समयमा एमाले वृत्तमा भण्डारीलाई फर्काउने सवालमा सचिवालयका बहुमत सदस्य एकठाउँ रहेको चर्चा छ । उपाध्यक्ष विष्णु पौडेलदेखि बहुमत सचिवहरूसमेत भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कोसिसमा रहेको बताइन्छ ।

महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहित भने ओलीलाई नै निरन्तरताको पक्षमा छन् । महासचिव पोखरेल ओलीपछि आफू नेतृत्वमा पुग्ने योजनामा रहेको पनि बताइन्छ ।

यस्तोमा पुस्तक विमोचन कार्यक्रममा एमालेको वर्तमान र भावी नेतृत्व एकसाथ देखिएको हो । यसअघि गण्डकी र कोशी प्रदेश भ्रमण सकेर आएकी एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी पछिल्लो समय भंगालस्थित निवासमै बसेर नेता-कार्यकर्ता भेटघाटलाई बाक्लो बनाइरहेकी छन् ।

एमालेका तेस्रो तहका नेताहरू गोकुल बास्कोटा र कर्णबहादुर थापाहरूलेसमेत भण्डारीलाई नेतृत्वमा ल्याउन वकालत गरिरहेका छन् ।

अर्कातिर केही नेताहरूले उत्तरी छिमेकीको हवाला दिँदै यदि भण्डारी एमालेको नेतृत्वमा आएमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरू पनि एकैठाउँ आउन सक्ने चर्चा गरिरहेका छन् । अर्थात्, भण्डारीको नेतृत्वमा सबै कम्युनिस्ट मिल्न तयार हुने सन्देशसहित उनीहरू लबिइङमा छन् । उता पुस १२ गते कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावल पनि एमालेमा फर्किने बाटो बन्न सक्ने हिसाब गर्न थालिएको छ।

यसअघि प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले लेखेको दोस्रो पुस्तक ‘करुणा’ गत फागुन १० गते सार्वजनिक भएको थियो । छ ।

प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ बारे बधाई र शुभकामना दिएका थिए । यता सोमबार विमोचित पुस्तकमा ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्रमा राखिएको बताइएको छ ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको सम्पादक पाण्डेले बताए । यो पुस्तक अल्केमी प्रकाशनले गरेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : १८ बजे

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना