भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण « Khabarhub

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार बिभागमा संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानूनी कारबाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।

भारवहन सीमा कडाइका साथ कार्यान्वयन नहुँदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

उनले मालबहाक सवारी दुर्घटना पश्चात् हुने क्षतिका लागि राहत कोष स्थापना गर्न समेत माग गरेको बताए ।

त्यस्तै यातायात व्यवसायीहरूले सडक तथा पुलहरूको निरीक्षण र मर्मत गर्नुपर्ने र गृह मन्त्रालयबाट परिपत्र भएको १२ बुँदे दुर्घटना न्यूनिकरण प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् । उनीहरूले आफ्ना मागका बारेमा १५ दिनभित्र कार्य योजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ५५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल