१८ दिनपछि घट्यो शेयर बजार, उत्पादन समूहमा गयो पहिरो « Khabarhub

१८ दिनपछि घट्यो शेयर बजार, उत्पादन समूहमा गयो पहिरो


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बजार बन्द हुँदा भने घटेको छ ।

यस अघि फागुन १ गते ७.२६ अंकले नेप्से घटेको थियो । त्यस यता ९ वटा कारोबार भने निरन्तर बढेको थियो । आज सोमबार भने पुन नेप्से घटेको छ ।

आज नेप्से १३.६२ अंकले घटेर परिसूचक २८७६.६६ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर कारोबार भएको छ । 

आज ५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३९ हजार ५५५ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ५ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह १.६८ प्रतिशतले बढेको छ । सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी होटल तथा पर्यटन समूह १.८८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.२४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : १७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित