रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ « Khabarhub

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै दिन १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भई जिल्ला अदालत गौरबाट दोषी ठहर भएर दण्ड सजाय तोकिए पनि फरार अवस्थामा रहेका प्रतिवादीहरूलाई पक्रन प्रहरी सफल भएको हो ।

अदालतबाट दोषी ठहर भई कानुनबमोजिम सजाय तोकिए पनि लामो समयदेखि लुकीछिपी बस्दै आएका प्रतिवादीहरूलाई प्रहरीको विशेष सक्रियतामा यही आइतबार विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए  ।

यसरी पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दामा दोषी ठहरिएका प्रेम राना, सागर अर्याल, बिन रानामगर भन्ने किरण रानामगर र सन्तमान लामा भन्ने सञ्चर रानामगर, वन मुद्दातर्फ फरार भएका शम्भु चौधरी, किशोरी चौधरी भन्ने नन्दकिशोर चौधरी र वीरेन्द्र चौधरी तथा जुवा मुद्दामा दोषी ठहरिएका किशोरकुमार चौधरी, रामादिनेश साह र शिवराज अधिकारी क्षेत्री रहेका छन् । 

त्यस्तै कुटपिट मुद्दातर्फ दोषी ठहरिएका शुभनारायण साह र कमल साह तेली तथा सम्बन्ध विच्छेद मुद्दातर्फका प्रतिवादी महमद असलम पक्राउ परेको प्रहरी प्रवक्ता रायले जानकारी दिए  । 

प्रहरीले विभिन्न स्थानबाट पक्रिएका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ । 

रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेको सक्रियतामा चालु आर्थिक वर्षमा मात्र ४०० भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कानुनको दायरामा ल्याएको प्रहरीले स्पष्ट गरेको छ ।
 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : ०१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ