जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित | Khabarhub Khabarhub

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।

गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो । 

ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

 जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन् । भूकम्पले आइतबारसम्म ८४ वटा भवनमा क्षति पु¥याएको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

अधिकारीहरूका अनुसार करिब तीन हजार २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रंगको ज्वाला र धुवाँ उडिरहेको देखिएको छ।

जापानमा सन् १९७० को दशकमा डढेलोको चरम बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर करिब एक हजार ३०० हेक्टरको हाराहारीमा जंगलमा डढेलो फैलिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : ०० बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज