पूर्वराष्ट्रपतिले भनिन्- केपी ओली नेता मात्रै होइन, राजनेता « Khabarhub

पूर्वराष्ट्रपतिले भनिन्- केपी ओली नेता मात्रै होइन, राजनेता


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्रै नभएर राजनेता भएको बताएकी छन् ।

‘केपी शर्मा ओली: सपना, संघर्ष र सङ्कल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भण्डारीले ओलीलाई स्वप्नद्रष्टा नेता भनेकी हुन् ।

आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेलेको भण्डारीले स्मरण गरिन् । 

ओलीमा देश र समाजको विकासप्रतिको तीव्र हुटहुटी भएको भण्डारीले बताइन्।

‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबेला उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्कारएका संरचना बनाउन देखाउनुभएको सक्रियता र सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा प्रभाकारिता तथा आर्थिक समृद्धि हाँसिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, भण्डारीले भनिन् ।

भण्डारीले ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको बताइन् । ओलीमा तुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका भएको भण्डारीको टिप्पणी छ । 

ओली एक कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उनको भनाइ छ ।

उनले सम्बोधनका क्रममा एमालेलाई कुनै राजनीति घटना परिघटनाले विचलित गर्न नसक्ने बताइन् । ‘एमालेसँग अनुभवी, दृढ संकल्पित नेतृत्व तह छ । देशलाई यहाँसम्म ल्याउन एमालेको महत्त्वपूर्ण योगदान छ’, उनले भनिन्, ‘ओलीले एमालेको लोकतान्त्रिककरण गराउन ठूलो भूमिका खेल्नु भएको छ । कम्युनिस्ट आन्दोलनको टुट र फुटलाई एक बनाउन भूमिका उहाँको छ । भविष्यमा पनि यस किसिमको रचनात्मक पहलकदमी चालेर सफलताको सिंढी चढ्न योगदान पुग्नेछ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : २४ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल