पूर्वराष्ट्रपतिले भनिन्- केपी ओली नेता मात्रै होइन, राजनेता « Khabarhub

पूर्वराष्ट्रपतिले भनिन्- केपी ओली नेता मात्रै होइन, राजनेता


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्रै नभएर राजनेता भएको बताएकी छन् ।

‘केपी शर्मा ओली: सपना, संघर्ष र सङ्कल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भण्डारीले ओलीलाई स्वप्नद्रष्टा नेता भनेकी हुन् ।

आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेलेको भण्डारीले स्मरण गरिन् । 

ओलीमा देश र समाजको विकासप्रतिको तीव्र हुटहुटी भएको भण्डारीले बताइन्।

‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबेला उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्कारएका संरचना बनाउन देखाउनुभएको सक्रियता र सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा प्रभाकारिता तथा आर्थिक समृद्धि हाँसिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, भण्डारीले भनिन् ।

भण्डारीले ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको बताइन् । ओलीमा तुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका भएको भण्डारीको टिप्पणी छ । 

ओली एक कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उनको भनाइ छ ।

उनले सम्बोधनका क्रममा एमालेलाई कुनै राजनीति घटना परिघटनाले विचलित गर्न नसक्ने बताइन् । ‘एमालेसँग अनुभवी, दृढ संकल्पित नेतृत्व तह छ । देशलाई यहाँसम्म ल्याउन एमालेको महत्त्वपूर्ण योगदान छ’, उनले भनिन्, ‘ओलीले एमालेको लोकतान्त्रिककरण गराउन ठूलो भूमिका खेल्नु भएको छ । कम्युनिस्ट आन्दोलनको टुट र फुटलाई एक बनाउन भूमिका उहाँको छ । भविष्यमा पनि यस किसिमको रचनात्मक पहलकदमी चालेर सफलताको सिंढी चढ्न योगदान पुग्नेछ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : २४ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको