नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भन्छन्- साफ च्याम्पियन्सिपको उपाधि जिताउने योजना छ | Khabarhub Khabarhub

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भन्छन्- साफ च्याम्पियन्सिपको उपाधि जिताउने योजना छ


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले टीमलाई बलियो बनाउदै अन्तराष्ट्रिय प्रतियोगीता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका छन् ।

सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा गरेको अन्तर्क्रियामा उनले नेपाललाई एसियन कपमा छनोटदेखि साफ च्याम्पियनसिप लगायत अन्तराष्ट्रिय प्रतियोगिता जित्न ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

नेपालमा फुटबलको प्यासन धेरै देखिएको भन्दै उनले फुटबल खेलको विकासका लागि आफूले आवश्यक भूमिका खेल्ने बताए । स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्न कठिन नभएको उनले बताए ।

उनले नेपाली टीममा केही सुधारको आवश्यकता देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलसहित मैदान उत्रिन जरुरी हुने बताए । आफ्नो कार्यकालमा दबाबमुक्त भएर टीमको विकासमा लाग्ने उनले जानकारी दिए ।

म्याट रोससँग नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोसलाई चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसँगै नेपाली टीमलाई बलियो बनाएर अघि बढाउने विश्वास उनले व्यक्त गरे ।

म्याट रोस डेढ महिनादेखि काठमाडौंमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए । उनले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुवात गर्नेछन् । त्यस्तै नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ०८ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न