माछा मार्ने चिनियाँ जहाजमा उत्तर कोरियाली मजदुरको प्रयोग ! « Khabarhub

माछा मार्ने चिनियाँ जहाजमा उत्तर कोरियाली मजदुरको प्रयोग !


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माछा मार्ने चिनियाँ जहाज उत्तर कोरियाली बधुवा मजदुरको प्रयोग भइरहेको पाइएको छ । बेलायतमा आधारित एक गैरसरकारी संस्थाले यस्तो तथ्य पत्ता लगाएको हो ।

बेलायती गैरसरकारी संस्था इन्भारोन्मेन्टल जस्टिस फाउन्डेसन (ईजेएफ) ले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१९ देखि सन् २०२४ सम्म चीनका १२ वटा माछा मार्ने जहाजमा उत्तर कोरियाली मजदुरको प्रयोग भएको उल्लेख गरिएको छ । ती जहाज हिन्द महासागरमा परिचालित रहेको जनाइएको छ ।

रेडियो फ्रि एशियाका अनुसार यदि चिनियाँ माझीहरूले उत्तर कोरियाली मजदुरको प्रयोग गरेको भए त्यो संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धको उल्लङ्घन भएको ठहरिनेछ । 

माछा मार्ने चिनियाँ जहाजमा खटिएका फिलिपिनी र इण्डोनेशियन मजदुरको समूहलाई उद्धृत गर्दै ईजेएफले जनाएअनुसार केही उत्तर कोरियाली मजदुर वर्षौसम्म समुद्रमा खटिएका थिए ।

अन्तर्राष्ट्रिय बन्दरगाहमा ती मजदुरलाई लगेको खण्डमा उत्तर कोरियालीको पहिचान खुल्ने भएकाले उनीहरूलाई समुद्रमै विभिन्न जहाजमा सरुवा गरिन्थ्यो । उनीहरूको तलब भने उत्तर कोरियाली सरकारको खातामा जाने गरेको प्रतिवेदनमा जनाइएको छ ।

उत्तर कोरियाली मजदुरलाई आफ्ना परिवारसँग सम्पर्क गर्नसमेत प्रतिबन्ध लगाइएको जनाइएको छ । यसअघि सन् २०२२ मा मौरिससको पोर्ट लुई बन्दरगाहबाट चिनियाँ जहाजमा काम गर्ने ६ जना उत्तर कोरियाली पक्राउ परेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली