भन्सार क्षेत्रमा तौलपूल राख्ने तयारी भइरहेको छ : यातायातमन्त्री दाहाल « Khabarhub

भन्सार क्षेत्रमा तौलपूल राख्ने तयारी भइरहेको छ : यातायातमन्त्री दाहाल


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।  

सोमबार सिंहदरबारमा यातायात व्यवसायीहरूको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री दाहालले भारतबाट नेपाल भित्रने मालवाहक सवारीको भारवहन मापन गर्न भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् । 

यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय , उद्योग र अर्थ मन्त्रालयबीच छिटै छलफल हुने उनले बताए । 

मन्त्री दाहालले देशभर रहेका १२ वटा तौलपूललाई केन्द्रीय डाटा प्रणालीमा जोडिने जानकारी दिए । उनले भारवहन सीमा उलंघन हुँदा पूल र सडकमा क्षति पुग्ने भएकाले कडाइका साथ लागू गर्ने र देशका अन्य आवश्यक स्थानमा समेत प्रविधिमैत्री तौलपूल जडान गर्ने प्रतिबद्धता जनाए । 

भारवहन सम्बन्धी कार्यविधिमा रहेका विषय लागू नभएको भन्दै उनले यसलाई बाध्यात्मक रूपमा लागू गराइने बताए ।  

यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने लगायतका ८ बुँदे मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ३४ बजे

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक