परराष्ट्रमन्त्रीले प्रकृतिका परिवार भेटेर भनिन्- न्यायका लागि हरसम्भव कोसिस गर्दैछौँ « Khabarhub

परराष्ट्रमन्त्रीले प्रकृतिका परिवार भेटेर भनिन्- न्यायका लागि हरसम्भव कोसिस गर्दैछौँ


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसा राज्यस्थित भुवनेश्वर सहरको केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी प्रकृति लम्सालका बुवाआमासँग भेट गरेकी छन् ।

रूपन्देहीको बुटवलस्थित मामाघर पुगेर उनले सोमबार प्रकृतिका बुवाआमासँग भेट गरेकी हुन् ।

भेटका क्रममा गृहमन्त्री रमेश लेखक र लुम्बिनी सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) पनि सहभागी थिए ।

परराष्ट्रमन्त्री राणाले प्रकृतिको न्यायका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएकी छन् ।

ओडिशाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको गत फागुन २ गते कलेजकै होस्टेलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

लम्सालको मृत्यु शंकास्पद भन्दै त्यहाँ अध्ययनरत् अरु नेपाली विद्यार्थीहरूले निष्पक्ष छानबिनको मागसहित प्रदर्शन गर्दा विश्वविद्यालयले कुटपिट गरी लखेटेको थियो।

त्यसयता देशका विभिन्न नाकाबाट ३ सय भन्दा बढी नेपाली विद्यार्थी फर्किसकेका छन् ।

लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।

उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी-लेखेटी कुटपिट गरेका थिए।

उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। त्यसयता नेपाली पक्षको दबाबमा ओडिसा राज्य सरकारले पनि उच्चस्तरीय छानबिन समिति बनाएको छ। उक्त प्रकरणमा जोडिएका विद्यार्थी अभ्दिक श्रीवास्तव प्रहरीको हिरासतमा छन् ।

यसअघि १३ फागुनमा प्रधानमन्त्री केपी ओलीले प्रकृतिका बुवा सुनिल लम्सालसँग फोनवार्ता गरेका थिए ।

एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका थिए ।

प्रधानमन्त्रीसँगको कुराकानीमा प्रकृतिका बुवा सुनिलले न्याय मागेका थिए । ‘अब हाम्रो त घटना भइसक्यो, होइन । घटना भइ नै सक्यो । त्यहाँ समग्र नेपालीका छोराछोरी हुनुहुन्छ। आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस् । हजुरको तर्फबाट राज्यले पहल गरिदेओस् । घटना घटिसक्यो । दुर्घटना भइसक्यो ।’

त्यसपछि १७ फागुनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि प्रकृति लम्सालको परिवारसँग भेटेर घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

कोइरालाले प्रकृतिका बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रूपमा लिएको बताएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : २१ बजे

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज