तराई केन्द्रित सात दलले आज मोर्चा घोषणा गर्दै, नेतृत्वमा आलोपालो प्रणाली « Khabarhub

तराई केन्द्रित सात दलले आज मोर्चा घोषणा गर्दै, नेतृत्वमा आलोपालो प्रणाली


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराई केन्द्रित विभिन्न दलले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चाको दिउँसो ३ बजे बानेश्वर बैंकेटमा घोषणा हुने बताइएको छ ।

आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा सङ्घीय संसद भित्र र बाहिर रहेका सात दल छन् । मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ ।

यसअघि आठ दलको मधेसी मोर्चा गठनको तयारी रहेको भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएको छ।

नयाँ बन्ने मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

यस्तै, संसद बाहिर रहेका दलहरू मध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन् ।

मोर्चामा आलोपालो नेतृत्व गर्ने बताइएको छ । मोर्चा घोषणापछिको पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ४८ बजे

एमाले संसदीय दल- जिम्मेवारी पाएँ खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय