कुलमान र हितेन्द्रदेवको रिटमा आज पनि सुनुवाइ हुँदै  « Khabarhub

कुलमान र हितेन्द्रदेवको रिटमा आज पनि सुनुवाइ हुँदै 


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदैछ । 

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको संयुक्त सुनुवाइ आज पनि हुने भएको हो ।

गत मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा जारी बहस हिजो पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।

घिसिङले आफ्नो पदावधि बाँकी रहँदै सरकारले पदबाट हटाएको जिकिर गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन् । 
यस्तै, शाक्यले चार वर्षअघि आफूलाई हटाएर घिसिङलाई गरिएको नियुक्ति नै गलत भएको दाबी गरेका छन् । उनले आफूले उक्त नियुक्तिविरुद्ध दायर गरेको रिटमा पहिले सुनुवाइ नभइ घिसिङको रिट अघि नबढाउन माग गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १० : ०७ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)