प्रमुख प्रशासकीय अधिकृत छेक्न बालेनले उतारे नगर प्रहरी « Khabarhub

प्रमुख प्रशासकीय अधिकृत छेक्न बालेनले उतारे नगर प्रहरी


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर हुन नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कमलादीस्थित कार्यालयमा नगर प्रहरी उतारेका छन् ।

तीन महिनापछि हाजिर हुन आउन लागेका उनलाई कुनै हालतमा छेक्ने योजनासहित बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको ठूलो टोली पार्किङ एरियाको गेटमा तैनाथ गरेका हुन् ।

काठमाडौं वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कक्षपतिले तीन महिनादेखि कर्मचारीले तलब खान नपाएर समस्यामा परेकाले प्रमुख प्रशाकीय अधिकृतलाई हाजिर गराउने पक्षमा आफूहरू रहेको बताएका छन् ।

अहिले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन महानगरका प्रवक्तामेत रहेका वडाअध्यक्ष नवीन मानन्धर, अर्का वडाअध्यक्ष कक्षपति र काठमाडौं २२ का वडाअध्यक्ष चिनिकाजी महर्जनसहितका जनप्रतिनिधि कमलादीस्थित कार्यालयमा पुगिसकेका छन ।

जम्मा भएका वडाअध्यक्षहरूले महानगर जनप्रतिनिधि मातहत हुनुपर्नेमा नगर प्रहरीले चलाएको भन्दै आक्रोश पोखिएको छ।

उता बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले चढ्ने गाडीमै पनि नगर प्रहरी लगाएर ह्वील लक गराइदिएका छन्।

तस्बिहरहरू : रमेश पौडेल

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : ३४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु