बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते « Khabarhub

बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

गलकोट नगरपालिका वडा नं ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग१ज ६१०० नम्बरको जीप बिहीबार बिहान ११ बजे खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका ११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर घाइते भएका रानाको उपचारको क्रममा गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं ५ सर्दाखेतका २२ वर्षीय चालक राजन विक, गलकोट ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार, गलकोट ३ बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । घाइते तीन नै जना गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

कच्ची सडकमा जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खसेको हो । घटनाको खरब लगत्तै प्रहरी चौकी हटियाको टोली र स्थानीयले घाइतेको उद्धार गरेका थिए । घाइतेहरूको निधार, गाला, हात र शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : ५५ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)