राष्ट्रसङ्घीय अधिकारी भन्छन्, ‘गाजा मृत्युको जाल बन्यो’ « Khabarhub

राष्ट्रसङ्घीय अधिकारी भन्छन्, ‘गाजा मृत्युको जाल बन्यो’


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन् । अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक निर्देशक ह्विटलले बुधबार गाजामा ‘रगत, पीडा र मृत्युको अनन्त चक्र’ चलिरहेको बताएका हुन् ।

ह्विटलले संयुक्त राष्ट्र परिसरमा नै ट्याङ्कमा आगलागी हुदाँ आफ्ना सहकर्मीको मृत्यु भएको तथा अन्य गम्भीर घाइते भएको बताएका थिए । उनले चरम द्वन्द्वका कारण अन्तर्राष्ट्रिय सहायता र अस्पतालहरू प्रभावित भएको बताएका छन् ।

मानवीयताका आधारमा सहयोग गरिएका गाडीहरूमा द्वन्द्वमा मारिएका मानिसहरु बोक्न प्रयोग गर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै खाद्यान्न वितरण स्थलमा बम प्रहार गरि सहायता कर्मीहरूको हत्या हुनु निन्दनीय भएको उनले बताएका छन् ।

युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुदाँ पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएको ह्विटलले बताए ।

गाजामा बढ्दो युद्व चक्रबाट मानिसहरूको निरन्तर मृत्यु भएकोमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘युद्धविराम पछि मानिसको हत्या भएको घटनाको निन्दा गरेको’ उनका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

मार्च २३ मा इजरायली सेनाले गरेको आक्रमणका कारण १५ जना मेडिकल कर्मचारी तथा मानवतावादीको मृत्युबाट महासचिव गुटेर्रेस स्तब्ध भएको उनले बताएका छन् । उनका अनुसार गुटेर्रेसले युद्धविराम, तत्काल बन्धकहरूको बिना शर्त रिहाइ र गाजामा निर्बाध मानवीय पहुँचको लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : ४३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक