झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार 


२० चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा पुगेको छ । 

आज नेप्से झिनो अंकले बढ्दा करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ । 

आज दिनभरमा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर कारोबार भएको छ । 

आज ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । 

आज दिनभरमा ३२४ वटा कम्पनीको शेयर ६९ हजार ८९ पटक किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह १.२९ प्रतिशतले बढेर २४६८.५७ विन्दुमा पुगेको छ । 

 त्यस्तै वाणिज्य बैंक समूह १.१० प्रतिशतले बढेर १२७९.३४ विन्दुमा र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेर १२ हजार ३४९.१५ विन्दुमा पुगेको छ । 

 आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९६ प्रतिशतले घटेर ४७८१.७९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.२६ अंकले घटेर ६४४२३.२३ विन्दुमा पुगेको छ । 

 साथै, विकास बैंक समूह ०.२२ प्रतिशतले, फाइनान्स १.५७ प्रतिशतले, होटल तथा पर्यटन ०.१९ प्रतिशतले, लगानी ०.०५ प्रतिशतले, जीवन बीमा ०.७७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८७ प्रतिशतले, लघुवित्त ०.३७ प्रतिशतले र म्युचुअल फण्ड समूह ०.११ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ३ : १३ बजे

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग