विश्व बैंकको अनुमान- नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो « Khabarhub

विश्व बैंकको अनुमान- नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

एक प्रतिवेदन जारी गर्दै विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने जनाएको हो ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । विश्व बैंकका अनुसार अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ हुने अनुमान गरेको थियो ।

आगामी आर्थिक वर्षहरुमा पनि नेपालको अर्थतन्त्रमा सुधार हुने विश्व बैंकको अपेक्षा छ । आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकले अनुमान गरेको छ ।

आर्थिक विकाससँगै नेपालमा गरिबीदर पनि घट्ने विश्व बैंकको अनुमान छ । विश्व बैंकले सन् २०२५ मा नेपालको गरिबी ५.५ प्रतिशत, सन् २०२६ मा ४.८ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर