करिब २१ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न चिनियाँ युवती पक्राउ « Khabarhub

करिब २१ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न चिनियाँ युवती पक्राउ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हुन्डी कारोबारमा संलग्न एकजना चिनियाँ नागरिकलाई प्रहरीले २० लाख ९२ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

बुधबार बेलुका साढे ५ बजेको समयमा काठमाडौंको महाबौद्धमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई उक्त परिमाणको रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको तिब्बत निावसी २६ वर्षीया रिक्से वाङ्मो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले बताए । बोहोराका अनुसार उनी स्थायी रुपमा भारतको हिमाचल प्रदेशस्थित जोगिन्दरनगरको सुजा गाउँमा बस्दै आएकी थिइन् ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बोहोराले बताए ।

उनको साथबाट १ हजार दरको ११८३ थान जम्मा ११ लाख ८३,००० हजार रुपैयाँ, ५०० दरको नोट थान १८१८ जम्मा ९ लाख ९ हजार रुपैयाँ बरामद भएको छ । त्यसैगरी आईफोन एकथान पनि बरामद भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ४० बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)