प्रकृतिको न्यायका लागि हिँडेकी थिइन् प्रिशा‍‍... | Khabarhub Khabarhub

प्रकृतिको न्यायका लागि हिँडेकी थिइन् प्रिशा‍‍…



काठमाडौं– कति सपना बोकेर अभिभावकले आफ्ना छोराछोरी देशबाहिर पढ्न पठाउँछन् ।

वीरगञ्जकी प्रिशा साहको अभिभावकले पनि छोरीले आईटी पढेर आफ्नो भविष्य सुरक्षित गरोस् भन्ने अपेक्षासहित भारतमा पढ्न पठाएका थिए ।

पढाइमा अब्बल प्रिशाप्रति परिवारको ठूलो आशा थियो । छुट्टीमा जेठ ४ गते घर आउने बताएकी उनले संसारबाटै बिदा भएको खबरले परिवार विक्षिप्त छ ।

उनीहरुमाथि बज्र परेको छ । हिजो बिहीबार (वैशाख १८) मा उनी कलेजमै मृत भेटिएको खबरले पुनः सनसनी मच्चाएको छ ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा उनी मृत भेटिएकी छिन् । प्रिशाको घटनाबारे राज्य सरकारले औपचारिक छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ ।

राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी गराएको थियो ।

लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नरलगायत अनुसन्धानमा खटिएका छन् । त्यसैगरी घटनाको कारण पत्ता लगाउन सोधपुछ सुरु भएको जनाइएको छ ।

दुई महिना अगाडिमात्रै उक्त कलेजमा बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।

फागुन ४ गते कलेजको होस्टलमा लम्साल मृत भेटिएकी थिइन् । उनको न्यायको लागि प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीले कलेज प्रशासनको धम्की र बहिर्गमनसमेत खेप्नुपर्‍यो ।

होस्टलबाट निकालेर सडकमा लगेर विद्यार्थीलाई फ्याकिएको थियो । नेपालको बजेटभन्दा ठूलो धनराशीमा आफ्नो कलेज बनेको भन्दै नेपाल र नेपाली विद्यार्थीको अपमान गरिएको थियो ।

उक्त कलेजकै भारतीय विद्यार्थी, केही समाजसेवी र पत्रकारसमेतको सहयोगले नेपाली विद्यार्थी घर फर्कन सफल भएका थिए । त्यसैमध्येकी एक थिइन् –प्रिशा ।

आफैँ न्याय माग्न हिँडेको क्रान्तिकारी प्रिशा आफैँ आत्महत्या गर्ने अवस्थामा कसरी पुगिन् ? अनुसन्धानको विषय बनेको छ ।

कलेजबाट फर्किएपछि विद्यार्थीले वीरगञ्जमा प्रदर्शन गरेका थिए । त्यसको केही दिन नबित्दै त्यही वीरगञ्जकी प्रिशाले प्रकृतिको नियति भोग्नुपर्‍यो ।

प्रकृतिको जस्तै प्रिशाको आत्महत्या (?) वा अन्य कुन कारणले मृत्यु भएको हो ? भन्ने विषय यतिबेलासम्म रहस्यमै छ । प्रिशाको परिवार सर्लाहीको मलंगवाका स्थायी बसोबासी हुन् ।

हाल वीरगञ्ज–१५ मा अस्थायी बसोबास गर्दै आएका छन् । प्रिशा स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् । उनी एक वर्ष अघिमात्र उच्च शिक्षा अध्ययनका निम्ति त्यहाँ पुगेकी थिइन् । अप्रत्याशित खबरसँगै अभिभावक र परिवार ओडिसा पुगेका छन् ।

जेठ ४ गते घर आउँछु भनेकी प्रिशाले संसारमा कहिल्यै नआउने गरी बिदा भएकी छिन् । साथै, प्रकृति र प्रिशाको उस्तै प्रकृतिको निधनले एकपटक नेपाली अभिभावक र विद्यार्थीलाई सोच्न बाध्य बनाएको छ ।

सामाजिक सञ्जालहरूमा केहीले केआईआईटी कलेज असुरक्षित रहेको भन्दै त्यहाँ भएका आफ्ना छोराछोरी फिर्ता बोलाउनुपर्ने तर्क राखेका छन् । साथै, आफ्ना सन्तान आफ्नै काखमा राखेर पढाउन उचित हुने बताएका छन् ।

नेपालमा पढाइ हुने विषय नेपालमै पढाउनुपर्छ । विश्वका सबै विश्वविद्यालयले गुणस्तरमा मान्यता दिएर नेपाली विद्यार्थीलाई माथिल्लो तहमा अध्यापन गराइसकेको अवस्थामा हामी नेपालीले यहीँ पढाइ हुने विषय पढ्न विदेश नजाँदा हुन्छ ।

देशको शिक्षा प्रणाली समृद्ध गर्ने अचुक उपाय राम्रो विद्यार्थी देशमै अध्ययन गर्ने नै हो । यस्तो दुःखद् घटना फेरि नदोहोर्‍याउनका लागि सन्तानलाई आफ्नै काखमा राखेर पढाउनुपर्ने बहस छेडिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ०१ बजे

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको