शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३५ रुपियाँ ०४ पैसा र बिक्रीदर १३५ रुपियाँ ६४ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ १३ पैसा र बिक्रीदर १५३ रुपियाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ ५५ पैसा र बिक्रीदर १८० रुपियाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ९१ पैसा र बिक्रीदर १६४ रुपियाँ ६४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ९१ पैसा र बिक्रीदर ८७ रुपियाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७१ पैसा र बिक्रीदर ९८ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ १९ पैसा र बिक्रीदर १०४ रुपियाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५७ पैसा र बिक्रीदर १८ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६ रुपियाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा तोकेको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ६९ पैसा र बिक्रीदर ३१ रुपियाँ ८३ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९९ पैसा र बिक्रीदर १४ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५२ पैसा र बिक्रीदर २० रुपियाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपियाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपियाँ १८ पैसा र बिक्रीदर ३५९ रुपियाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपियाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपियाँ ३२ पैसा रहेको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ३१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट