प्रेस जगतले राज्यका समग्र पक्षलाई निरन्तर दिएको खबरदारी रचनात्मक : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

प्रेस जगतले राज्यका समग्र पक्षलाई निरन्तर दिएको खबरदारी रचनात्मक : राष्ट्रियसभा अध्यक्ष


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार र पत्रकारिता क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्था, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि विभिन्न समयमा भएका सङ्घर्षमा प्राणोत्सर्ग गर्ने सम्पूर्ण पत्रकार शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले यस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवम् पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नेतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

विज्ञान प्रविधिको नवीनतम विकासका रूपमा एआईको प्रवेशले पत्रकारिता क्षेत्रमा यसको सकारात्मक योगदानसँगै गलत सूचना, निगरानी र डिपफेकजस्ता चुनौतीहरूसमेत सिर्जना गरेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रले यस प्रविधिलाई सदुपयोगसहित उत्तरदायी, पारदर्शी र नैतिक पत्रकारिताको अभ्यासलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका विभिन्न सशक्त र सशस्त्र सङ्घर्षको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान र त्यसको कार्यान्वयनमा नेपाली प्रेसले निर्विकल्प भूमिका खेलेको यथार्थलाई सबैले स्विकार्नु पर्ने स्पष्ट पार्दै अध्यक्ष दहालले नेपाली पत्रकारिता जगतले दुर्गम क्षेत्र, पीडित वर्ग, सीमान्तकृत समुदाय र आवाजविहीनका आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

नेपालको संसदीय अभ्यासलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन प्रेस जगतले संसद्, सरकार र राज्यका समग्र पक्षलाई निरन्तर दिएको खबरदारी र सुझावले रचनात्मक सहयोग पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : ४६ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको