विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी « Khabarhub

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले आज प्रभातफेरी आयोजना गरेको छ ।

‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ भन्ने नाराका साथ आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भइ भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

त्यसअवसरमा प्रेस तथा अभिव्यक्तिका लागि समयमा भएका सङ्घर्षमा योगदान गर्ने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट गरिएको थियो ।

कार्यक्रममा अग्रज पत्रकारले विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले महासङ्घले देशभरकै पत्रकार अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्दै आएकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको बताइन् ।

उनले अहिले पनि दण्डहीनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की ब्यहोर्नु साथै विस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिन् ।

कार्यक्रममा महासंघका महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्ट र काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याललगायतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनको अग्रमोर्चामा रही योगदान पुर्‍याएको नेपाली पत्रकारिताले आवाजविहीनका आवाजका रूपमा काम गरिरहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना