विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वास्थ्य परीक्षण


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा तनहुँका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना, प्रदेश अस्पताल दमौली र प्रदेश जनस्वास्थ्य कार्यालयको सहयोगमा आज जिल्लास्थित पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको हो । 

स्वास्थ्य परीक्षणमा २५ जना पत्रकारको नसर्ने रोगको परीक्षण गरिएको महासङ्घका अध्यक्ष धनपति अधिकारीले जानकारी दिए । त्यसक्रममा पाँच जना महिला पत्रकारको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ समेत गरिएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा प्रत्येक जिल्लामा स्वास्थ्य परीक्षण गर्न गरेको परिपत्र बमोजिम जिल्लामा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो । 

प्रेस स्वतन्त्रता दिवसकै अवसरमा त्यसअघि दमौली बजारमा प्रभातफेरी गरिएको थियो । व्यास नगरपालिका–३ अनसनचौतारीबाट सुरु भएको प्रभातफेरी सफासडक, न्युरोड, नेपाल पत्रकार महासङ्घ कार्यालय, मालपोत लाइन हुँदै पुनः अनसनचौतारीमा आएर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै प्रेस स्वतन्त्रता रक्षाका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए। नेपाल बार एशोसिएसन तनहुँका अध्यक्ष डम्बरदेव हड्खलेले संविधानमै प्रेस स्वतन्त्रता उल्लेख भएको बताउँदै त्यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने चर्चा गरे। 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य प्रदीप काफ्ले, निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्वअध्यक्षहरु डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको विषयमा चर्चा गरेका थिए । 
 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १ : ३० बजे

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण

लुम्बिनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा

कास्की – पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस्

काठमाडौं– अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

काठमाडौं – देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने

डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

नयाँदिल्ली – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई