भारत र अमेरिकाबीच व्यापार वार्ता सकारात्मक : अर्थमन्त्री बेसेन्ट « Khabarhub

भारत र अमेरिकाबीच व्यापार वार्ता सकारात्मक : अर्थमन्त्री बेसेन्ट


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र अमेरिकाबीच व्यापार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री बेसेन्टले दुई मुलुकबीचको व्यापार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिएका हुन् ।

हालै उपराष्ट्रपति जेडी भान्सले भारतको भ्रमण गरेको उल्लेख गर्दै बेसेन्टले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार वार्ताबारे छलफल भएको बताए । उनले यसबारे चाँडै केही घोषणा हुने अपेक्षा गरिएको समेत उनले जानकारी दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग चाँडै व्यापारिक सम्झौता चाहेको बताइएको छ । सोही क्रममा दुई मुलुकबीच विभिन्न चरणमा वार्ता भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ३ : ५६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु