आईसीटी क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने एनसेल सम्मानित  « Khabarhub

आईसीटी क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने एनसेल सम्मानित 


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ ।

काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।

देशमा आईसीटीको विकास र प्रवर्द्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाइदै आएको छ । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०-२०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबै भन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सु–अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।

‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को यस विशेष अवसरमा आईसीटीको क्षेत्रमा हाम्रो योगदानलाई कदर गर्दै सरकारबाट यो सम्मान प्राप्त गर्न पाउँदा हामी धेरै खुसी छौं । धेरै कर तिर्ने करदातामध्ये एकको रूपमा एनसेलले प्रत्येक वर्ष विभिन्न कर तथा शुल्क शीर्षकहरू अन्तर्गत सरकारलाई करमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

देशको आईसीटी विकास र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिन पाउँदा हामी गर्व गर्छौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मानहरू पाइसकेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ३ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना