उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता | Khabarhub Khabarhub

उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछाम चौरपाटी गाउँपालिका-४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा भारतमा सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदका अनुसार विगत चार दिनदेखि भारतको मुम्बईबाट बेपत्ता भएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी उपचारको लागि मुम्बई पुगेका थिए। बोहराले मुम्बईस्थित कोपर खन्ना स्टेसन नजिकैको सेक्टर नम्बर १९ मा आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए ।

 वैशाख १६ गते घुम्न जाने भन्दै घरबाट निस्केदेखि अहिलेसम्म उनी सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए। पालिकाले एक सूचना जारी गर्दा बोहोरा हराएको भन्दै खोजी सुरु गरिएको समेत जनाएको छ । अन्दाजी ४०-४२ वर्षका बोहोराबारे वैशाख १९ गते जारी सूचनामा जनाइएअनुसार वैशाख १६ गतेदेखि बेपत्ता भएका हुन् ।

बोहराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएको भन्दै अध्यक्ष साउदले खोजी तथा उद्धार कार्यमा जुट्न सम्पूर्ण आफन्तजन, सञ्चारकर्मी, सामाजिक संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।बोहोराको बेपत्ता भएको विषयमा परराष्ट्र मन्त्रालयमा पनि जानकारी गराइसकेको उनले बताए। नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित बोहोरा न्यायिक समिति सदस्य पनि हुन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ४२ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना