मिथिला संस्कृतिको संरक्षण साझा दायित्व हो : मन्त्री पाण्डे | Khabarhub Khabarhub

मिथिला संस्कृतिको संरक्षण साझा दायित्व हो : मन्त्री पाण्डे


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मिथिला संस्कृतिको संरक्षण र सम्वर्द्धन सबैको दायित्व रहेको बताएका छन् । मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उनले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदरभाव हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘सीताप्रति हाम्रो आदरभाव त्यहीबेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।’

उनले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता-सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताए।

मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चापरिचर्चा, विचार-मन्थन तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताए। 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ४७ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना