सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति | Khabarhub Khabarhub

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।

सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकले गत माघ २५ गते गरेको निर्णयबमोजिम निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा, स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवालालाई निकायलाई निर्देशन दिने, आवासीय चिकित्सकको बिदा, ड्युटी समय, अतिरिक्त सुविधालगायत विषयमा मन्त्रालयले कार्यदल गठन गरी १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।

यस्तै, चिकित्सा शिक्षा आयोगको १८औँ बैठकको निर्णयबमोजिम आयोगले सबै विद्यार्थीको एकीकृत रूपमा ‘म्याचिङ’ तथा भर्ना हुन पाउनेगरी व्यवस्था मिलाउन मन्त्रालयले समन्वय गर्ने र चिकित्सकहरू नियमित कार्यमा फर्कने सहमति भएको छ । छलफलमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : २७ बजे

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

गण्डकी– तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं–   यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय  टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु

नागढुङ्गा–नौबिसे सडक राति पाँच घण्टा बन्द गरिने

धादिङ– नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातको समयमा बन्द गरिने

अपाङ्ग र ज्येष्ठ नागरिकलाई  गाउँमै राष्ट्रिय परिचयपत्र

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ लिने

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज