अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै « Khabarhub

अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गोदावरी– अत्तरिया–भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ ।

सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । भीमदत्त राजमार्गमा  पर्ने सो सडकखण्डको मर्मत तथा स्तरोन्नतिका लागि आरडिआपिएसके जेभी नामक निर्माण कम्पनीसँग दुई करोड ५४ लाखमा आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी  सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सडकको सतह बचाउन हरेक पाँच वर्षमा पुनः सडक सुधार आवश्यक  हुन्छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोलामा भासिएको ३० मिटर सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । सडकखण्ड मर्मतका लागि जिएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको थियो ।

३०० मिटर सडक कालोपत्रका लागि आगामी आर्थिक वर्षमा ठेक्का हुन लागेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायी रूपमा मर्मत गरिए पनि सवारिसाधन सञ्चालनमा समस्या भइरहेको छ । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : ३५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते