आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै « Khabarhub

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल मंगलबार हुँदै छ। फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल मंगलबार साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन्। तथापि उपाधि जितेका छैनन्।

आरसिबीका विराट कोहलीका लागि गएको १८ महिना यादगार बनेको छ। टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि विजेता उनका लागि १८ औँ आईपीएल पनि उपाधि विहीन हुनु सुखद भने पक्कै होइन। बेजोड प्रदर्शन गरेका उनले आठ संस्करणमा ५०० भन्दा बढी स्कोर बनाइसकेका छन्।

पन्जाबले पनि अहिलेसम्म उपाधि जितेको छैन। चार अन क्याप भारतीय खेलाडीको सनसनीपूर्ण ब्याटिङ, कप्तान श्रेयास ऐयारको टिम भावना तथा प्रशिक्षक रिक्की पोन्टिङको प्रेरणा पन्जाबको यात्रा महत्त्वपूर्ण साबित हुने छ।

पहिलो क्वालिफायरमा आरसिबीसँग पराजित भएर दोस्रो क्वालिफायर हुँदै फाइनल पुगेको पञ्जाब फाइनलमा बदला लिन चाहन्छ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : ०५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा