कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल | Khabarhub Khabarhub

कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

कोलोराडो – अमेरिकाको कोलोराडोमा भएको आक्रमणका शङ्कास्पद व्यक्तिलाई १६ वटा मुद्दा लगाइएको छ। घटना भएको काउन्टीका अभियोजक माइकल डोभर्टीका अनुसार यो आरोप पुष्टि भएमा ३८४ वर्ष जेल सजाय हुनेछ। उनले आगो बल्ने पदार्थ फ्याकेका थिए। उनले यहुदीहरूलाई नै निसाना बनाएर आक्रमण गरेका हुन्। उनलाई घृणा सम्बन्धी मुद्दा पनि चलाइएको छ।

‘ फ्रि ’ प्यालेस्टाइन भन्दै चिच्याएर आगो लगाउने प्रयास गरेका उनलाई आगोजन्य पदार्थको प्रयोग सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

इजिप्टमा जन्मिएका आरोपी मोहम्मद साब्री सुलेमानले अमेरिका जानु अघि १७ वर्ष कुवेतमा बिताएका थिए। सुरुमा उनी सन् २००५ मा अमेरिका जाने प्रयास गरेका थिए। उनको प्रयास सफल भएको थिएन।

सन् २०२२ को अगस्टमा उनी अमेरिका पुगेका थिए। सन् २०२३ मा उनले त्यहीँ काम गर्ने अधिकारसहित भिसा थपिएको थियो। उनको गएको मार्चदेखि त्यहाँ बस्ने अधिकार सकिएको थियो।

JPG converted with https://ezgif.com/webp-to-jpg

उनको आक्रमणमा १२ जना घाइते भएका थिए। उनले यसका लागि एक वर्षदेखि योजना बनाएको समेत बताए। उनले सम्पूर्ण यहुदीहरूलाई मार्न खोजेको आरोप लगाए। उनले युट्युबमा भिडियो हेरेर आगो लगाउने यस्ता उपकरण बनाउन सिकेका थिए।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ०६ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय