पोखरा उच्च बारमा ४ संगठनको सहमति, अध्यक्षमा शालिग्राम भट्टराईको एकल उम्मेदवारी  « Khabarhub

पोखरा उच्च बारमा ४ संगठनको सहमति, अध्यक्षमा शालिग्राम भट्टराईको एकल उम्मेदवारी 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा उच्च अदालत बार एसोसिएसनमा सहमतिबाट नेतृत्व चयन हुने भएको छ । पोखरामा क्रियाशील ४ संगठनकाबीच सहमति जुटेपछि निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता भएको छ । 

नेपाली कांग्रेस निकट डिएलए, एमाले निकट पिपिलए, माओवादी केन्द्र निकट आरपिएलए र नेकपा समाजवादी निकट एसपिएलएको सहमतिमा पदाधिकारी र सदस्यमा उम्मेदवारी दर्ता भएको छ । पदाधिकारीहरूमा एकल उम्मेदवारी परे पनि सदस्यमा १ जना बढीको उम्मेदवारी परेको छ । त्यसलाई पनि बुधबार उम्मेवदार फिर्ता लिने अवधिसम्म मिलाइने संगठनहरुले बताएका छन् । 

निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाका अनुसार आगामी कार्यकाल २०८२-८४ को कार्यसमितिका अध्यक्षमा शालिग्राम भट्टराई, उपाध्यक्षमा यामबहादुर खत्री र सचिवमा प्रकाश शर्माको उम्मेदवारी परेको छ । यसैगरी सहसचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा सुजाता ढकालको उम्मेदवारी परेको छ । अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउने कांग्रेस निकट डिएलए आबद्ध कानुन व्यवसयीक हुन् । उपाध्यक्ष र सहसचिव भने एमाले निकट पिपिएलए आबद्ध हुन् । 

सदस्यमा डिएलएका ४, आपिएलएका २, पिपिएलएका १ र एसपिएललका भागमा १ जना पर्नेगरी बाँडफाँड गरिएको छ । निर्वाचन समितिका अनुसार अर्जुन पौडेल, लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी र घनश्याम बरालको उम्मेदवारी परेको छ । महिला सदस्यमा राधा शर्मा (पौडेल)ले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । 

उच्च अदालत बारमा अहिले ४ सय ५६ जना मतदाता छन् । त्यसमा कांग्रेस निकट डिएलएको बाहुल्य छ । पहिलाका निर्वाचनमा मतदान हुँदा सबै पदमा डिएलएका उम्मेदवार विजयी हुन्थे । बारलाई सबैको साझा थलो बनाउने प्रयास अनुसार चालु कार्यकालमा सहमतिका आधारमा कार्यसमिति चयन गरिएको थियो । आगामी कार्यकालका लागि समेत यसले निरन्तरता पाएको छ । पोखरामा कास्की जिल्ला बार पनि छ । जसमा १ सय ११ सदस्य छन् । कास्की बार सदस्यमा भने एमाले निकट पिपिएलएको बाहुल्यता छ । 

निर्वाचन कार्यतालिका अनुसार जेठ २४ गते मतदान कार्यक्रम छ । तर बुधबार नै उम्मेदवारी फिर्ताको कार्यतालिका रहेकाले १ जना सदस्यको नाम फिर्ता भएपछि सबैजना निर्विरोध हुनेछन् । 

वरिष्ठ अधिवक्ता थापा संयोजकत्वको निर्वाचन समिति सदस्यमा अनिता गुरुङ र शिवराज वाग्ले छन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ११ बजे

कांग्रेसको अगुवाइमा नागरिक अधिकार पाएका हौँ : सङ्ग्रौला

पाटन– राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक

उज्बेक राष्ट्रपति आएका बेला इस्लामावादमा बम आक्रमण, ३१ जनाको मृत्यु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादको मस्जिदमा भएको आत्मघाती बम हमलामा परी

केपीको तालमेल प्रस्तावले माधव-भीम बिच्किँदा पछि हटे प्रचण्ड

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच चुनावी तालमेल

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

समाचारबारे अनुगमन भइरहेको छ, आचारसंहिता कडाइसाथ लागू गर्छौँ : आयुक्त भण्डारी

भक्तपुर– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी