राष्ट्रियसभा बैठक : गृहमन्त्रीको राजीनामा माग | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : गृहमन्त्रीको राजीनामा माग


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरूले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने बताएका छन् । 

उक्त पार्टीका सांसद सुरेशकुमार आलेमगर र विष्णुबहादुर विश्वकर्माले संसद् सञ्चालनका निम्ति पनि गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताएका हुन् ।      

नेपाली कांग्रेसका  किरणबाबु श्रेष्ठले राजनीतिक दलहरू जनताका असन्तुष्टि सम्बोधन गर्न जिम्मेवार बन्नुपर्ने बताए।

 ‘लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यौँ । त्यसपश्चात् गतिविधिहरू हेर्ने हो भने पनि हामी उनीहरूलाई (राजावादीहरू) मात्र दोष दिएर पन्छिन पाउँदैनौँ’, सांसद श्रेष्ठले भने। 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  उदयबहादुर बोहराले सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग गरेको सम्झौताप्रति असन्तुष्टि व्यक्त गरे। सरकारसँग सहमतिमा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले पत्राचार गर्न तयार भएको भन्दै उनले आपत्ति जनाए।  

जनता समाजवादी पार्टी नेपालका मोहमद खालिदले जनतामा व्याप्त निराशालाई जनपक्षीय कामबाट हटाउन राजनीतिक दलहरु संवेदनशील हुनुपर्नेमा जोड दिए। 
 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : १५ बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा