राष्ट्रियसभा बैठक : गृहमन्त्रीको राजीनामा माग « Khabarhub

राष्ट्रियसभा बैठक : गृहमन्त्रीको राजीनामा माग


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरूले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने बताएका छन् । 

उक्त पार्टीका सांसद सुरेशकुमार आलेमगर र विष्णुबहादुर विश्वकर्माले संसद् सञ्चालनका निम्ति पनि गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताएका हुन् ।      

नेपाली कांग्रेसका  किरणबाबु श्रेष्ठले राजनीतिक दलहरू जनताका असन्तुष्टि सम्बोधन गर्न जिम्मेवार बन्नुपर्ने बताए।

 ‘लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यौँ । त्यसपश्चात् गतिविधिहरू हेर्ने हो भने पनि हामी उनीहरूलाई (राजावादीहरू) मात्र दोष दिएर पन्छिन पाउँदैनौँ’, सांसद श्रेष्ठले भने। 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  उदयबहादुर बोहराले सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग गरेको सम्झौताप्रति असन्तुष्टि व्यक्त गरे। सरकारसँग सहमतिमा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले पत्राचार गर्न तयार भएको भन्दै उनले आपत्ति जनाए।  

जनता समाजवादी पार्टी नेपालका मोहमद खालिदले जनतामा व्याप्त निराशालाई जनपक्षीय कामबाट हटाउन राजनीतिक दलहरु संवेदनशील हुनुपर्नेमा जोड दिए। 
 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : १५ बजे

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड

अरुण नदीको बेलिब्रिज भाँचियो

किमाथांका – यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको