मुलुकको विकासका निम्ति छिमेकी मुलुकको सहयोग अपरिहार्य : उपाध्यक्ष पोखरेल « Khabarhub

मुलुकको विकासका निम्ति छिमेकी मुलुकको सहयोग अपरिहार्य : उपाध्यक्ष पोखरेल


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको विकासका निम्ति दुवै छिमेकी राष्ट्रको साथ एवं सहयोग अपरिहार्य भएको विचार व्यक्त गरेका छन् ।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टद्वारा जनकपुरको सरस्वती नमूना माध्यमिक विद्यालयलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले दुवै छिमेकीले हासिल गरेको आर्थिक विकास हाम्रा लागि प्रेरक छ भने। उनले दुवै देशको सहयोगबाट मुुलुकलाई विकासको पथमा अग्रसर गराउन सकिने बताए। 

देशको सामाजिक-आर्थिक विकासका लागि चीन सरकारबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेता पोखरेलले नेपाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा सहायता बढाउन आग्रह गरे। 

पूर्वमन्त्री जुलीकुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारले गरेको सहयोगको सराहना गरे। विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक उन्नयनका निम्ति चीन सरकारबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता ज्ञापन गरे। 

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाका अवसरमा चीन सरकारले सहायता सामग्री हस्तान्तरण गरेको हो । आजै उक्त संस्थाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रसूतिगृहलाई चिकित्सा उपकरण प्रदान गरेको छ । 
 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ३१ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ