रौनकको कीर्तिमानी ‘डबल सेन्चुरी’ « Khabarhub

रौनकको कीर्तिमानी ‘डबल सेन्चुरी’


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा जारी यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडी रौनक श्रीवास्तबले गण्डकीविरुद्ध दोहोरो शतक बनाएर रेकर्ड कायम गरेका छन् । उनले एक सय १७ बलमा १६ चौका  १६ छक्काको मद्दतले दुई सय १७ रन बनाएका छन् । 

लुम्बिनीको ४०३ रनको विशाल योगफलको रेकर्ड बनाएको । यो उमेर समुहको घरेलु प्रतियोगितामा यो रेकर्ड रौनकको रहने भएको छ । टी.बी स्मृति प्रथम– १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन खेलमा यो उमेर समूहको खेलमा रौनकले इतिहासमा आफ्नो रेकर्ड बनाएको खेलका मिडिया संयोजक नगेन्द्र उपाध्यायले बताए ।  

वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जित दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे । गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।

शैलेश काफ्लेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गर्दै प्रतियोगिता कै रौनक बढाए । लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७-१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो । गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक-एक विकेट लिएका थिए । 

४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट भयो ।  गण्डकीका अनिष राउतले नटआउट २२, प्रतीक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैले पनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए । त्यस्तै, अर्को खेलमा कर्णालीले सुदूरपश्चिममा हराएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ३७ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन