शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएकी छन् ।

मंगलबार काठमाडौँको टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नुपर्ने बताएकी हुन् । 

शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहन नहुने भन्दै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक रहेको धारणा राखिन्।

उनले युवाशक्तिको तीव्र विदेश पलायनको चूनौतिलाई रोक्न शिक्षा प्रणालीलाई प्रत्यक्षरूपमा उत्पादनसँग जोड्न अत्यावश्यक रहेको बताइन्।

त्यस्तै भण्डारीले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन्। उनले राष्ट्रप्रति उत्तरदायी नागरिक तयार गर्न सामुदायिक विद्यालयको योगदान रहेको जिकिर गरिन्।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ५४ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ