राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयन नगर्न गण्डकीलाई संघीय सरकारको पत्र « Khabarhub

राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयन नगर्न गण्डकीलाई संघीय सरकारको पत्र


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पोखरा– यातायात व्यवसायीहरूसँग संघीय सरकारबीच सोमबार मध्यरातमा भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली हाललाई कार्यान्वयन नगर्न पत्र पठाएको छ । 

यस सम्बन्धी पत्र मंगलबार गण्डकी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको हो। पत्रमा सार्वजनिक यातायात बन्दका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएकाले प्रदेशले ल्याएको राइड सेयरिङसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न आग्रह गरिएको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार जनजीवन सहज बनाउने उद्देश्यले नियमावलीको कार्यान्वयन रोक्न पत्रमार्फत आग्रह गरिएको उल्लेख छ। संघीय सरकारको सो निर्देशनबारे छलफल गर्न मुख्यमन्त्री कार्यालयमा हाल उपलब्ध मन्त्रीहरूसहित बैठक चलिरहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्र आएपछि के गर्ने भन्ने बारेमा निर्णय गरिने प्रतिक्रिया दिएका थिए । यातायात क्षेत्रमा प्रदेश सरकारको एकल अधिकार भएकाले प्रदेशले बनाएको कानुनमा संघले हस्तक्षेप नगर्न मुख्यमन्त्रीमाथि दबाब छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : ३४ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ