जेलेन्स्कीले भने, ‘नेटोले शिखर सम्मेलनमा निम्तो पठायो’ | Khabarhub Khabarhub

जेलेन्स्कीले भने, ‘नेटोले शिखर सम्मेलनमा निम्तो पठायो’


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने नेटो शिखर सम्मेलनमा युक्रेनलाई औपचारिक रूपमा आमन्त्रण गरिएको जानकारी दिएका छन्‌ ।

शिखर सम्मेलन जुन २४ देखि २६ सम्म हेगमा हुनेछ, जहाँ रुसद्वारा युक्रेनमा गरिएको आक्रमण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन गरेको आह्वान मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ ।

‘हामीलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण गरिएको छ । मलाई लाग्छ, यो महत्वपूर्ण कुरा हो’, राष्ट्रपति जेलेन्स्कीले सोमबार भिलनियसमा नेटोका महासचिव मार्क रुटेसँगको भेटपछि भने ।

केही दिनअघि चेतावनी दिँदै जेलेन्स्कीले भनेका थिए, ‘यदि युक्रेन नेटो शिखर सम्मेलनमा उपस्थित हुँदैन भने, त्यो पुटिनका लागि विजय हुनेछ ।’

ट्रम्प प्रशासनको समयमा युक्रेनले प्राप्त गर्ने सैन्य सहयोगप्रति अनिश्चितता बढिरहेका बेला राष्ट्रपति जेलेन्स्की युरोपेली साझेदारहरूसँग समर्थन सुनिश्चित गर्न प्रयासरत छन्‌ ।

युक्रेनले रूससँग सम्भावित शान्ति सम्झौताका अवस्थामा सुरक्षा प्रत्याभूति चाहेको बताइएको छ, जुन प्रस्तावलाई मस्कोले ‘स्वीकार्य छैन’ भनेको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ८ : ५४ बजे

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख