ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा « Khabarhub

ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । फिलिपिन्सको मरिन कोरले ब्रम्होस सुपरसोनिक क्रुज क्षेप्यास्त्र प्रणाली सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

फिलिपिन्सले हरेक ‘ट्रान्सपोर्टर एरेक्टर लन्चर (टीईएल)’ मा दुई क्षेप्यास्त्र राख्ने निर्णय गरेको छ । भारतले भने यस्ता टीईएलमा तीन वटा क्षेप्यास्त्र राख्दै आएको छ ।

विशिष्ट भौगोलिक बनावट र पूर्वाधारका चुनौतीलाई मध्यनजर गर्दै फिलिपिन्सले यस्तो रणनीतिक निर्णय गरेको इण्डियन डिफेन्स रिसर्च विङले उल्लेख गरेको छ । भारत र रुसले संयुक्त सहकार्यमा निर्माण गरेको ब्रम्होस क्षेप्यास्त्रको गति मक ३ सम्म रहेको जनाइएको छ ।

एउटा ब्रम्होस क्षेप्यास्त्रको औसत तौल तीन टन छ । यस क्षेप्यास्त्रको मारक दूरी तीन सय किलोमिटरसम्म रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ४४ बजे

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले