अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता « Khabarhub

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

किभ – अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन हुने देखिएको छ। मंगलबार ह्वाइट हाउसले युक्रेनमा हतियार आपूर्तिमा कटौती गर्ने निर्णय गरेको हो।

ह्वाइट हाउसका प्रवक्ता अन्ना केलीले रक्षा मन्त्रालयले अन्य देशलाई गरेको सहयोगको पुन मूल्याङ्कन गरेपछि अमेरिकाले युक्रेनका विषयमा यो निर्णय लिएको बताएकी छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशले आपूर्तिको विषयमा प्रस्ट पार्नु आवस्यक रहेको बताए। विदेश मन्त्रीले भने यसमा ढिलाइ भए रुसको मनोबल बढ्ने प्रतिक्रिया दिए।

रुसले लगातार मिसाइल र ड्रोन आक्रमण गरेपछि युक्रेनले पनि एयर डिफेन्सलाई बलियो बनाउनुपर्ने प्रतिक्रिया मन्त्रीले दिएका छन्। युक्रेनले भने हतियार सहयोग कटौतीका विषयमा आफूलाई कुनै जानकारी नभएको बताएको छ।

उनले युद्ध अन्त्यका लागि रुसको विरुद्धमा एकजुट भएर सहयोग गर्नु तथा उसलाई बाध्य बनाउनुको विकल्प नभएको बताएका छन्। साताको अन्यमा युक्रेनले युद्ध सुरु भए यताकै सबै भन्दा ठुलो हवाई आक्रमण गरेको थियो। ५०० ड्रोन तथा बालिस्टिक मिसाइल एकै पटक युक्रेनमा प्रहार भएका थिए।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ६ : ३४ बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।