सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त  « Khabarhub

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त 


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्तीमा परेका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो । मुख्यमन्त्री कार्यालयले वनमन्त्री चौधरीलाई मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको पुष्टि गरेको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालय आफैँसँग राखेका छन् । केही दिनअघि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए । तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट गत जेठ ४ मा मन्त्री बनेका चौधरी अटेर गर्दै आएका थिए । 

कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग चौधरीको नाम मुछिएको थियो । उक्त प्रकरणमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि नाउपाले रामेश्वर चौधरीलाई पठाएको थियो

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ६ : ३६ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति