राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकारमाथि छानबिन सुरु « Khabarhub

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकारमाथि छानबिन सुरु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – राष्ट्रपति ट्रम्पविरुद्ध दुई वटा अभियोग लगाउने कुराको नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथमाथि छानबिन हुने भएको छ।

यो वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिल (ओसिएस)ले छानबिन अघि बढाउने भएको हो। ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावका पार्न खोजेको आरोपमा छानबिन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको हो।

ओएसीसँग स्मिथलाई अभियोग लगाउने अधिकार दिएको छैन। तर डिपार्टमेन्ट अप जस्टिसका सामु सिफारिस गर्न सक्ने छ।

सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानबिन गर्न भने पछि योक्रम सुरु भएको हो। यसअघि राष्ट्रपति ट्रम्पमाथि लगाइएको दुवै आरोप गलत भएको तथा राजनीतिक पूर्वाग्रहका कारण भएको दाबी गर्दै आसिएसले सम्मान गरेको हो।

नोभेम्बरमा भएको निर्वाचनमा ट्रम्पले सफलता पाएपछि उनी माथिको छानबिन रोकिएको हो। यसअघि सामाजिक सञ्जालमा कटनले ट्रम्प माथिको छानबिन निर्वाचनलाई प्रभावमा पार्न मात्र भएको भन्दै पोस्ट गरेका थिए।

ट्रम्प प्रशासनले छानबिन गरेको स्मिथ पहिलो सरकारी अधिकारी भने होइनन्। सन् २०१३ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा एफबिआईको नेतृत्व गरेका जेम्स कोमीमाथि पनि ट्रम्प प्रशासनले छानबिन सुरु गरेको हो। उनले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा छानबिन भएको हो।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : १५ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र