माओवादी स्थायी समिति बैठक बस्दै, अध्यक्षको प्रस्तावमा नेताहरूले धारणा राख्दै « Khabarhub

माओवादी स्थायी समिति बैठक बस्दै, अध्यक्षको प्रस्तावमा नेताहरूले धारणा राख्दै


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक  अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका छन् । बाँकी सदस्यले आज बोल्ने छन् । राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको छ ।

बैठकमा नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । पार्टीका विषयमा आएका सबै विषयमा सहज ढंगले बैठकमा छलफल भइरहेको उपाध्यक्ष सापकोटाले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ३३ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि